कृषि विकास बैंकले दुई महिनामै जारी गर्यो ७८ वटा क्रेडिट कार्ड

काठमाडौं । कृषि विकास बैंकले दुई महिनामै ७८ वटा क्रेडिट कार्ड जारी गरेकाे छ । गएकाे बैशाख महिनाबाट क्रेडिट कार्ड व्यवसायको शुरुवात गरेको बैंकले हालसम्ममा सो मात्राको कार्ड जारी गरेको हो ।

नेपालका सरकारी स्तरका बैकहरुमा यो सेवा प्रदान गर्ने पहिलो बैंक भएको छ । कार्यालयको कार्यक्षेत्र भित्र बसोवास गरी दिगो आयश्रोत भएका विश्वासिला नेपाली नागरिकहरु, यस बैकका पूर्व कर्मचारीहरु तथा बैकका कर्मचारीहरुले यो सुविधा प्राप्त गर्न सक्ने बैंकले वताएकाे छ ।

याे बैकले जारी गरेको क्रेडिट कार्डको सिमा न्यूनतम २५ हजार रुपैयाँदेखि अधिकतम एक लाख रुपैयाँसम्म कायम गरिएको छ । ईएमभी कम्प्लियन्स, कन्ट्याक्टलेस पेमेन्ट फिचर्स नेपाल र भारतमा चल्ने, पीओएस टर्मिनल मार्फत विभिन्न वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने आदि विशेषताहरु रहेका छन् । उक्त बैंकले क्रेडिट कार्ड सुविधा लिन आफूलाई सजिलाे पर्ने कृषि विकास बैंकका शाखा कार्यालयहरुमा सम्पर्क गर्न सकिने बैंकले वताएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमितिद्वारा नेपाल धितोपत्र बोर्डका अध्यक्षसँग शुभकामना आदानप्रदान

काठमाडौं । नेपालीहरुको महान चाड शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्वत् ११४५ को पावन …

प्रतिकृया दिनुहॊस