पूर्व प्रधानमन्त्री झलनाथ खनाल नर्भिक अस्पतालमा भर्ना

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि खनाललाई सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

केही दिनदेखि लगातार ज्वरो आएको थियो भने रगतमा हेमोग्लेविनको मात्रा कम भएको छ । खनाल बिहान पौने ८ बजे आकस्मिक कक्षमा भर्ना भएको नर्भिक अस्पताल अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले जानकारी दिए । उनका अनुसार स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको छ ।

खनाललाई यसअघि कोरोना भएको थियो । कोरोनामुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहेका थिए । उनलाई पुनः स्वास्थ्यमा समस्या देखिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस