सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७ सयले घटेर ९३ हजार २ सयमा नै कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९३ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने तोमाला ५ रुपैँयाले घटेर प्रतितोला १३६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री