नेपाल सुपर लिग: उपाधिका लागि काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दै

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलको उपाधिको लागि आज काठमाडौ रेजर्स र धनगढी एफसी भिड्दै छन् । खेल बेलुकी साढे पाँच बजे दशरथ रंगशालामा शुरु हुनेछ ।

लिगमा काठमाडौ र धनगढी दुई पटक खेलेकोमा दुई पटक नै धनगढीले हराएको छ । धनगढी प्लेअफमा काठमाडौलाई २-१ गोलले हराउँदै फाइनलमा पुगेको हो भने काठमाडौले दोस्रो क्वालिफायरमा ललितपुरलाई ३-० गोलले हराएर उपाधि नजिकै पुगेको हो ।

समूह चरणको खेलमा पनि धनगढीले काठमाडौलाई ३-० गोलले हराएको थियो । आजको फाइनल खेललाई राष्ट्रिय टोलीका दुई उत्कृष्ट गोलकिपर किरण चेम्चोङ र विकेश कुथुबीचको प्रतिष्पर्धाका रुपमा पनि लिइएको छ ।

धनगढीको कप्तानी किरणले र काठमाडौको कप्तानी विकेशले सम्हालेका छन् । प्रतियोगिताका विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै उत्कृष्ट विधाका खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस