आजको मौसमः चट्ट्याङ र हावाहुरीसहित वर्षा हुनसक्ने

काठमाडाैँ । आज अपरान्ह पछि देशका पश्चिमी भू–भागमा स्थानीय वायुको साथै पश्चिमी वायुको प्रभाव रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान देशका उच्च पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाकी भू–भागको मौसम छ।

महाशाखाका अनुसार आज दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली,गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थान र बाकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक वर्षाको सम्भावना छ ।

आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । सुदूर पश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस