५ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको छ ।

सूचना अनुसार रु २० करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ । सो बिल आगामी साउन ५ गते परिपक्व हुनेछ ।

यस्तै रु पाँच अर्ब बराबरको ट्रेजरी बिल भने कूल १८२ दिनका लागि विक्री गरिने छ । सो बिल भने आगामी कात्तिक २ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले यसअघि गत चैत ३० गते रु २० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज सुनको मूल्य ह्वात्तै बढेको छ । …

प्रतिकृया दिनुहॊस