सिटिजन्स बैंक इन्टरनेसनलको शाखा रहित बैंकिङ्ग सेवा सुर्खेत जिल्लाको,तरङ्गामा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

यसै क्रममा बैंकले सुर्खेत जिल्लाको बराहताल गाउँपालिका तरङ्गामा  १०८ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ ।

उत्त सेवा संचालनका लागि स्थानिय व्यवसायी टेक बहादुर कठायत लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने प्रबन्ध मिलाईएको छ ।

यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखनिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस