बारपाकमा एकै परिवारका तीन जना मृत भेटिए

काठमाडौँ । गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका छन् । बारपाक सुलिकोट गाउँपालिका-१ बारपाकमा वृद्ध, महिला र एक बालिका सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।

बिहान ८४ वर्षीय टिलबहादुर गुरुङ, उनकी बुहारी २१ वर्षीया आइतीमाया गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ मृत अवस्थामा भेटिएको गोरखाका प्रहरी प्रमुख (एसपी) सुरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार मृतकको मुखहरूको मुखमा फिँज आएको छ ।

‘अहिले बारपाक प्रहरी चौकीको टोली घटनास्थलमा पुगिसकेको छ,’ एसपी गुरुङले भने, ‘घटनाको विस्तृत अनुसन्धानपछि मात्र सत्यतथ्य बाहिर आउँछ ।’ इलाका प्रहरी कार्यालय जौबारीबाट थप प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको उनले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस