एन आई सी एशिया बैंकको ‘फोटो–पात्रो २०७८’ प्रतियोगितामा आफ्नो उत्कृष्ट फोटो पठाई नगद पुरस्कार जित्नुहोस्

एन आई सी एशिया बैंकले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरूका लागि ‘फोटो–पात्रो २०७८’ नामक फोटो प्रतियोगिता सार्वजनिक गरेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले आफ्ना ग्राहक एवं अन्य महानुभावहरूसँग रहेको फोटो खिच्ने कौशलको कदरस्वरूप २०७८ को क्यालेण्डरमा वहाँहरूले कैद गरेका फोटोलाई स्थान दिने योजनाअनुरुप यस प्रतियोगिताको आयोजना गरेको हो ।

यसरी प्राप्त हुने फोटोलाई क्यालेण्डरमा राख्ने मात्र नभइ बैंकले उचित नगद पुरस्कारको व्यवस्था समेत गरेको छ ।

यस प्रतियोगितामा सहभागी हुन इच्छुक  व्यक्ति हरूले Season, Hope & Positivity, Lifestyle र  Friendship विधाहरूमा आफुले खिचेका एक वा एकभन्दा बढी फोटो पठाउन सक्नुहुनेछ भने ५० शब्द नबढाई आफ्नो फोटोको क्याप्सन लेखी  https://www.nicasiabank.com/photo-patro  लिंकमा अपलोड गर्नुपर्नेछ ।

प्रतियोगिताबाट प्राप्त उत्कृष्ट १२ फोटोहरू बैंकले आफ्नो नयाँ वर्ष २०७८ को क्यालेण्डरमा प्रकाशित गर्नेछ र उक्त फोटोहरूका लागि बैंकले प्रतिफोटो रू. १०,हजार नगद रकम पुरस्कार प्रदान गर्नेछ ।

यस प्रतियोगिताबाट उत्कृष्ट १२ मा सामेल हुन नसकेका अन्य आकर्षक फोटोहरूलाई बैंकले सम्मानस्वरूप आफ्नो सामाजिक सञ्जालका माध्यमहरू एवं विभिन्न प्रवद्र्धनात्मक प्रयोजनमा फोटो खिच्नेको नाम र क्याप्सनका साथ प्रकाशित गर्ने व्यवस्था गरेको छ । प्रतियोगितामा पठाउनुपर्ने फोटो कम्तीमा ५४००८३६०० पिक्सल, साइज (इन्च) १८८१२, रिजोलुसन ३०० DPI र ल्याण्डस्केप हुनु पर्नेछ । साथै यस प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइट तथा सामाजिक सञ्जालहरूमार्फत प्राप्त गर्न सकिनेछ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस