ह्वात्तै घट्यो सुनको मुल्य, तोलाको कति ?

काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामै १ हजार ८ सयले घटेर प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको रु ९४ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार कायम भएको छ । त्यसैगरी मंगलबार चाँदीको मुल्य पनि तोलामा रु ३० ले घटेर प्रतितोला ११ सय ८० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भारतद्वारा पाम आयलमा प्रतिबन्ध: ९० प्रतिशत नेपाली उद्योग धराशायी

वीरगञ्ज । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल …

प्रतिकृया दिनुहॊस