पुँजीबजारमा रेकर्ड कायम, एकैदिन ६ अर्ब माथिको सेयर कारोबार

काठमाडौं । बिहीबारको सेयर बजारमा नयाँ रेकर्ड बनेकाे छ । एकैदिनको बजारमा ६ अर्ब ११ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ याे हालसम्मकै उच्च कारोबार रकम हो । यसभन्दा पहिले २०७६ फागुन १८ गतेका दिन उच्च कारोबार भएको थियो । उक्त दिन ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्याे रेकर्डलाई पनि ब्रेक गर्दै बिहीबारको बजारले नयाँ रेकर्ड राखेकाे छ ।

आजका दिन बजारमा कूल १९८ कम्पनीको एक करोड ४० लाख ६२ हजार ५०७ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ४१ करोड ८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

शीर्ष १० मा रहेका कम्पनीको १२ करोड ७३ लाख रुपैयाँ माथिको सेयर कारोबार समेत भएको छ । आजै नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिष्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेशलन लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल दुरसञ्चार कम्पनी, नेको इन्स्योरेन्स कम्पनी, शिवम् सिमेन्टस्, नागरिक लगानी कोष र प्रभु बैंक बढी कारोबार गर्ने १० स्थानमा रहेका छन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा पुगेको छ ।

प्रतिकृया दिनुहॊस