Black clouds hover around Kathmandu valley on Friday, January 27, 2017. Photo: /Nagarik/Republica

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं ।जल तथा मौसम विज्ञान विभाग  मौसम पूर्वानुमान महाशाखाका  अनुसार नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली छैन ।

 

  • यस्तो छ तीन दिनको पूर्वानुमान   

कार्तिक ०५ गते  (बुधबार):

दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र वागमती प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती:  देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा लुम्विनी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदुर पश्चिम प्रदेशको पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ ।

कार्तिक ० गते  (बिहिबार):

दिउँसो : प्रदेश नं १, गण्डकी, कर्णाली र सुदुर पश्चिम  प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा वागमती र लुम्बिनि प्रदेशमा आंशिक बदली रहनेछ। सुदुर पश्चिम प्रदेशको पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ ।

राती प्रदेश न १, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ , वागमती र गण्डकी प्रदेशमा आंशिक वदी रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका  एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक ० गते  (शुक्रवार):

दिउँसो : देशभर पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने वाकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ ।

राती प्रदेश न १ र वागमती प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ मा आंशिक वदी रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १ का   एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस