पुनर्निर्माण सम्पन्न ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कूलको उद्घाटन आज

काठमाडौं ।  पुनःनिर्मित ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कूलको आज उद्घाटन हुँदैछ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन गर्न लागिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

२०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्टपति भण्डारीले नै रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् ।प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ।

चीन सरकारको सहयोगमा पुनःनिर्माण भएको दरबार हाइस्कूलको भवन  पनि आज उद्घाटन गर्न लागिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस