गण्डकी प्रदेशमा सोमबार थप २७ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा सोमबार थप २७ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३७ जना संक्रमितहरु थपिएका हुन् ।

नयाँ संक्रमितहरुमा कास्कीका २६ जना र नवलपरासी पूर्वका एक जना रहेका छन् । नयाँ संक्रमितमा कास्की जिल्ला, पोखरा महानगरपालिका-१४ का ५१ बर्षीय पुरुष फेवासिटी अस्पतालमा उपचाररत हुन् । त्यस्तै पोखरा महानगरपालिका-१४ का २२ बर्षीय पुरुष दुबईबाट र वार्ड नं १३ का ३६ बर्षीय महिला, वार्ड नं १९ का ५५ बर्षीय पुरुष, वार्ड नं १० का ६४ बर्षीय पुरुष भारतबाट आएका हुन् ।

त्यसैगरी पोखरा महानगरपालिका-१२ का ३६ बर्षीय पुरुष पशुपन्छी तथा मत्स्य बिकाश निर्देशानलय, पोखरामा कार्यरत चिकित्सक हुन् । अन्य सबै संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म ४२०२ जना संक्रमित भएका छन् भने प्रदेशमा अहिलेसम्म कोरोनाबाट ३४ जनाको मृत्यु भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस