प्रदेश ५ को नाम र राजधानी प्रस्तावः ह्वीप लगाउने तयारी

काठमाडौं । राजधानीको विषयमा व्यापक विरोध भएपछि प्रदेश ५ को नेकपा संसदीय दलले बैठक बस्दैछ । जारी बैठकमा प्रदेशको स्थायी राजधानी र नामाकरण सम्बन्धी पेश भएको प्रस्तावबारे छलफल हुनेछ ।

नेकपाका मुख्य सचेतक भुमीश्वर ढकालका अनुसार प्रदेश सभामा पेश भएको प्रदेशको राजधानी र नामका बिषयमा सांसदहरुको धारणा लिनका लागि बैठक बोलाइएको हो । राजधानी दाङ सार्न नेकपाकै कतिपय सांसद मानेका छैनन् । विपक्षी नेपाली कांग्रेसले आन्दोलन गरिरहेको छ ।

व्यापारी तथा जनस्तरबाट समेतले व्यापक विरोध भएपछि बैठक बस्न लागेकाे । यसअघि शनिबार पाँच घण्टा छलफल भए पनि केही निर्णय नभएपछि आज पुनः संसदीय दलले बैठक बोलाइएको हो । बैठकमा नाम र राजधानीका बिषयमा सरकारले पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप लगाउन सक्ने बुझिएको छ ।

दाङमा राजधानी बनाउने विपक्षमा नेकपाका १४ सांसद छन् । नेकपाले दाङकै पक्षमा ह्वीप जारी गर्ने सम्भावना छ । यद्यपी पार्टीले ह्वीप लगाउने बिषयमा अहिलेसम्म कुनैपनि निर्णय नआएकाले पार्टीले निर्णय नगर्दासम्म संसदीय दलले निर्णय नगर्ने बताइन्छ ।

दिउँसो प्रदेशसभा
आजै दिउँसो प्रदेश सभा बैठक समेत बस्दैछ । बैठकमा प्रदेश सभामा पेश गरेको प्रदेशको राजधानी दाङको देउखुरी र नाम लुम्बिनीका विषयमा सांसदहरुले धारणा राख्नेछन् ।

प्रदेश ५ प्रदेशसभामा ८७ जना सांसद रहेका छन् । दाङ राजधानी सार्ने प्रस्ताव दुईतिहाइले पारित हुन ५८ मत चाहिन्छ । प्रदेश सभामा सत्तारुढ नेकपाका ६१, नेपाली कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद रहेका छन् ।

यता प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश ५ सभा भवनमा धर्ना दिने भएको छ । प्रदेश संसदमा स्थायी राजधानीका लागि दाङको देउखुरी बनाउने गरि संसदमा प्रस्ताव पेश भएपछि कांग्रेस आन्दोलनमा उत्रिएको हा ।

रुपन्देही जिल्ला समितिले प्रस्ताव पेश भएसँगै चरणबद्ध आन्दोलन गर्दै आएको छ । कांग्रेसको संसद घेराउ आन्दोलनलाई अन्य संघसंस्थाले पनि साथ दिने रुपन्देहीका कांग्रेस जिल्ला सभापति रब्दुल रज्जाकले जानकारी दिए । उनका अनुसार संसदमा धर्ना १० बजेदेखि सुरु हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपत्यकालगायत मुख्य सहरमा घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण …

प्रतिकृया दिनुहॊस