थप १२०४ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ६२ हजार नाघ्यो

काठमाडौं । नेपालमा थप १२०४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल १२ सय ४ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १७ हजार १२९ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १४४७ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ४५ हजार २६७ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७२ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ९३३ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर ९ लाख ४ हजार ७०६ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा ७ हजार ७३५ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १५३ जना रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ७ हजार ९७६ जना रहेका छन् । त्यस्तै देशभर भेन्टिलेटरमा ३५ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर १७९ जना रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस