सुदूरपश्चिममा ५ हजारले जिते कोरोना, कुन जिल्लामा कति ?

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा ५ हजार कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेशका ९ वटै जिल्लामा गरी ५ हजार संक्रमित निको भएका हुन् ।

पछिल्लो पटक थप १५ जना कोरोना संक्रमण मुक्त भएका छन् । जसमध्ये महाकाली अस्पतालबाट ६, बझाङबाट पाँच, सेती प्रादेशिक अस्पताल र डोटीबाट दुई-दुई जना डिस्चार्ज भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार तीन सय ४१ जना निको भएर घर फर्किएका छन् । यस्तै डोटीका आँठ सय २०, अछामका पनि आँठ सय १३, कञ्चनपुरका ६ सय ३४ जना संक्रमित निको भएर घर फर्किएका हुन् ।

बाजुराका चार सय ४२ जना, बैतडीका तीन सय २५, डडेल्धुराका दुई सय ९९, बझाङका दुई सय ८५ जना र दार्चुलाका ४१ जना संक्रमित पनि डिस्चार्ज भएका छन् । सुदूरपश्चिम प्रदेशमा बुधबारसम्म ६ हजार ६६ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु मध्ये १४ जनाको मृत्यु भईसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस