लुम्बिनी प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । रुपन्देहीको बुटवलमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत ७७ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो ।

बुधबार साँझ ७ बजे अस्पताल ल्याइएकी रुपन्देहीको सैनामैना ११, सालझण्डीकी ती महिलामा पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । गम्भिर अवस्थामा रहेकी महिलालाई आइसालेसनमा राखी उपचार गरिएकामा आज बिहान साढे ४ बजे मृत्यु भएको हो ।

खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएकी ती महिलाको श्वास लिन नसकेपछि मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए । यो सँगै रुपन्देहीमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस