स्वास्थ्यकर्मीमाथी दुर्व्यवहार गर्नेलाई कारवाही गर्न तरुण दलको माग

काठमाडौं । नेपाल तरुण दलले कोरोना संक्रमणको महामारीको बेला अग्रपंक्तिमा रहेर सेवा दिने स्वास्थ्यकर्मीहरुमाथि दुर्व्यवहार गर्नेहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै जोखिमपुर्ण अवस्थामा अग्रपक्तिमा खटेकाप्रति गरिएको दुर्व्यवहार, अपहेलाना र आक्रमण गर्नेहरुप्रति कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

‘यस्तो अमानवीय व्यवहारमा संलग्न जोसुकै होस् कारबाहीको दायरामा ल्याउन र अग्रपंक्तिमा रहेका सेवाकर्मीको मनोवल वृद्धि हुने कार्य अघि बढाउनका निम्ति सरकार समक्ष नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

साथै विज्ञप्तिमा अगाडि भनिएको छ- ‘जोखिमपूर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ताप्रति तरुण दलले सम्मान प्रकट गर्दछ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस