बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि

काठमाडौँ । यस बर्षको च्याम्पियन्स लिगको उपाधि जर्मनी क्लब बायर्न म्युनिखले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा बायर्न म्युनिखले फ्रेन्च क्लब पिएसजीलाई १-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

बायर्नको जितमा एक मात्र गोल खेलको ५९औ मिनेटमा किंग्सले कोम्यानले गरेका थिए । योसँगै बायर्नले छैठौ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । यस अघि अन्तिम पटक बायर्नले २०१३ मा यो उपाधि जितेको थियो ।

क्लबको इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको पिएसजी उपाधि जित्नबाट चुकेको छ । बायर्नले भने यस सिजनको च्याम्पियन्स लिगमा अपराजित हुदै लगातार ११ खेल जितेर उपाधि जितेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस