कञ्चन डेभलेपमेन्ट बैंक गाभेको एनएमबीले सुरु गर्‍यो एकिकृत कारोबार

काठमाडौं । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरेर आजदेखि एकीकृत वित्तीय कारोवारको शुभारम्भ गरको छ । प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी १४.४५ अर्र्व तथा जगेडा कोषको आकार ७.३५ अर्वमा बृद्घि भएको छ ।

प्राप्तिपछि बैंकको नाम “एनएमबि बैंक लि.” रहेको छ भने रजिष्ट्रर्ड/मुख्य कार्यालय साविककै बबरमहल काठमाडौंमा रहेको छ । एकीकृत वित्तीय कारोवारको थालनीसँगै, एनएमबि बैंककोे सबै प्रादेशिक संरचनामा सन्तुलित सञ्जालको विस्तार भई बैंकको ब्रान्ड (चिनारी) समेत बलियो रुपमा स्थापति हुनेछ । जसले सहरोन्मुख र ग्रामीण क्षेत्रका जनतामा वित्तीय पहुँच पु-याउने बैंकको दिगोको लक्ष्य प्राप्त गर्न सरोकारवालाहरुसंगको सहकार्यलाई अघि बढाउन मद्धत गर्नेछ ।

यस एनएमबि बैंकमा Nederlandse Financierings-Maatschappij Voor Ontwikkelings landen N. V.(एफ.एम.ओ.), कर्मचारी संचय कोष लगायतका संस्थाहरुको समेत लगानी रहेको छ । एफ.एम.ओ. निदरलैण्डस् अन्तर्राष्ट्रिय रुपमा राम्रो छवी भएको Standard & Poor’s तथा Fitch जस्ता संस्थाहरुले AAA रेटिङ्ग गरेको निदरलैण्ड सरकार समेतको लगानी रहेको अन्तर्राष्ट्रिय बिकास बैंक हो ।

एफ.एम.ओ. सँगको गठबन्धनले बैंकलाई वातावरणीय र सामाजिक जोखिमहरू प्रबन्ध गर्न र नवीकरणीय उर्जा, साना तथा मझौला कर्जाहरु र कृषि व्यवसायमा प्रमुख सम्बाहकको रूपमा प्रस्तुत गर्न सघाउ पु-याएको छ । यस बैंक बैंक अफ द ईयर-२०१७ र बैंक अफ द इयर- २०१८ द्वारा लगातार पुरस्कृत गरिएको बैंक हो ।

कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस