फाइल फोटो

धादिङमा पहिरो : एकै घरका तीनजनाको मृत्यु

काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-६ गुल्जुङमा पहिरोमा परेर एकैपरिवारका ३ जनाको मृत्यु भएको छ ।

धादिङका प्रवक्ता डीएसपी रुपक खड्काका अनुसार मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको हो । पहिरोले घर पुर्दा २८ वर्षीय मिलन खाण, उनकी २६ वर्षीया श्रीमती सम्झना खाण र २ वर्षीया अन्जिता खाणको मृत्यु भएको डीएसपीखड्काले जानकारी दिए ।

अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको छ । लगातारको वर्षाले धादिङका विभिन्न ठाउँमा पहिरो गएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचन : भोलि इलाम र बझाङमा यातायात बन्द

काठमाडौं । शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सवारीसाधनको व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न …

प्रतिकृया दिनुहॊस