आज हरिशयनी एकादशी

काठमाडौं ।  आज हिन्दु धर्मावलम्बीहरूले घरघरमा तुलसीको विरुवा सारेर हरिशयनी एकादशी मनाउँदैछन्।

हरिशयनी एकादशीलाई तुलसीरोपण दिवस पनि भनिन्छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोपेर पुजा गरिन्छ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आजको दिन भगवान् विष्णुको प्रतिकको रुपमा घरघरमा तुलसी रोप्ने गरिन्छ । घर वरपरको हावा स्वच्छ बनाउने तुलसी बिना भगवान विष्णुको कुनै पनि पुजा आराधनाले पूर्णता पाउदैन ।

तुलसी अति उपयोगी वनस्पति हो, यसको पात होस् या फूल सबैले उपयोगी औसधिको काम गर्दछन् । रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरुको उपचारमा तुलसी घरेलु औसधि भएर उपयोगमा ल्याउने गरिन्छ । तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक उर्जाहरु नरहने मान्यता पनि छ । हिन्दुहरुको लागि तुलसीको निक्कै महत्व रहने गरेको छ त्यसैले पनि होला प्राय हिन्दुहरुले आफ्ना घर अगाडि तुलसीको मठ बनाएर राख्छन् ।

तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । वैज्ञानिकरूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

आजको एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वाश रहिआएको छ । ‘भविष्योक्तरा’ पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम यस एकादशीको महिमा भगवान ब्रह्माले नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान कृष्णलाई पनि भनेको उल्लेख छ ।

मानव उपयोगी वनस्पति भएकाले यो वनस्पतिलाई भगवान् विष्णु वा उनको प्रिय वस्तुका रूपमा पूजा गरिएको तर्क गर्नेहरू पनि छन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

डान्सबारको पाँचौ तलामा बाहिरबाट ताला लगाएर तास खेलिरहेका १३ जना पक्राउ

काठमाडौं । ललितपुरको ग्वार्कोमा तास खेलिरहेका १३ जना पक्राउ परेका छन् । ग्वार्कोस्थित ननस्टफ डान्सबारको …

प्रतिकृया दिनुहॊस