अब मोबाइलको सिमकार्ड लिन आफैं उपस्थित हुनुपर्ने

काठमाडौं । अब मोबाइलको सिमकार्ड लिन सम्बन्धित ग्राहक आफैं उपस्थित हुनपर्ने भएको छ । सक्कल परिचयपत्र लिएर आफैं उपस्थित भएका व्यक्तिलाई मात्र सिमकार्ड दिन नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ ।

‘मोवाइल सेवा प्रदायकहरुले आफैंले वा तोकिएको आधिकारिक विक्रेताहरु मर्फत सिमकार्ड विक्री वितरण गरिरहदाँ कसैगरी एक व्यक्तिको परिचयपत्रको प्रतिलिपी अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनधिकृत रुपमा अन्य व्यक्तिको मोवाइल नम्बरमा पहुँच पुग्न गई बैकिङ्ग सेवा, ईमेल सेवा, फेसबुक लगायतका समाजिक सञ्जाल र अन्य डिजिटल सेवाहरु तथा डाटाहरुमा समेत अनधिकृत व्यक्तिको पहुँच पुग्न जाने तथा सुरक्षा खतरा समेत बढ्ने भएकोले अब उप्रान्त सिमकार्डको विक्री वितरण गर्दा तथा हराएको वा विग्रिएको अवस्थामा नयाँ सिमकार्ड उपलब्ध गराउँदा अनिवार्य रुपमा ग्राहक स्वयम् उपस्थिति हुनुपर्ने छ’ प्राधिकरणको सूचनामा उल्लेख गरिएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस