ऋचाले सार्वजनिक गरिन् ‘चलचित्र टिभी’ एप

काठमाडौं । नयाँ नेपाली चलचित्रहरुलाई एपमा रिलिज गर्ने उद्देश्यका साथ ‘चलचित्र टीभी एप’ सार्वजनिक गरिएको छ ।

डिजिटल प्लेटफर्म हलको विकल्प बन्न थालेपछि अभिनेत्री ऋचा शर्माले सीमित पैसामा फिल्म हेर्न मिल्ने  उक्त एप ल्याएकी हुन ।

सार्वजनिक गरिएको चलचित्र टीभी एप’  केही दिनपछि मात्र एनड्रोइड मोबाइलमा डाउनलोड गर्न सकिने यो एपमा नयाँ तथा पुराना नेपाली फिल्महरु हेर्न पाइनेछ ।

विदेशमा बस्ने नेपालीहरुको नयाँ नेपाली फिल्म हेर्ने चाहनालाई परिपूर्ती गर्न यो एप ल्याउन लागिएको हो । अमेरिकामा बस्ने केही साथीहरुसँग मिलेर ऋचाले यो एप ल्याएकी हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री