बैतडीको क्वारेन्टाइनमा २२ वर्षीया महिलाको मृत्यु

काठमाडौं । बैतडीमा क्वारेन्टाइनमा राखिएकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माविको क्वारेन्टाइनमा बसेकी २२ बर्षिया सुनिता लुहारको बिहान मृत्यु भएको हो ।

नगरपालिकाका प्रवक्ता दले धामीका अनुसार मृतक लुहार मुटु रोगको बिरामी थिइन् । उनी जेठ १६ गते गौरिफन्टा नाकाबाट स्वदेश फर्किएकी थिईन् । मृतकको स्वाब संकलन गर्ने तयारी भईरहेको छ भने पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस