[विचार] सुदुरका उत्ताउलाहरु !

डम्मर बम ।

साँच्चै सुदुरपश्चिमका जनता उत्ताउला नै हुन, प्रधानमन्त्री महोदय ! आमाको काजकिरिया घरमै नगरी दार्चुलाका बासुदेब भट्टले क्वारेन्टाईनमा गरे । कति ? मन थियो होला है, उनलाई महाकाली पारि बालुवाकोटमा किरिया बस्न । आमालाई दागबत्ति दिनुपर्ने छोरा घर त गएन । बरु त्यतै किरिया बस्यो । जन्मदिने आमालाई विरामी हुँदा, महाकाली पारीबाट समेत छोरो भेट्न जाँदैन, भेट्न वोलाउँदा नी अटेरी गर्छ छोरो, भेट्न आईज मलाई गाह्रो हुँदैछ, भन्दा महाकाली पारी बस्ने छोरो कस्तो उत्ताउलो हगि !

संसारकै सबैभन्दा प्रिय नाताभित्र पर्ने आमाको अनुरोध नमान्ने, ममताकी खानी आमा, आमाको ममता नबुझ्ने साँच्चीकै छोरो उत्ताउलो नै हो ! आँखिर सुख दुःखमा हो, चाहिने परिवार, साथिभाई, त्यो अवस्थामा पनि पारी नै बस्ने छोरा त साह्ै उत्ताउलो । हामी हिन्द्धर्मावलम्बी मान्छे, हाम्रो जन्मदेखि मृत्यूसम्मका सबै कार्य हिन्दुसंस्कार अनुसार नै हुन्छन् । शुभ कार्य होस् अथवा अशुभ कार्य सबै कार्य हिन्दु ग्रन्थ अनुसार ग्रहण गर्नु्पर्दछ ।

जन्मदिने आमालाई विरामी हुँदा, महाकाली पारीबाट समेत छोरो भेट्न जाँदैन, भेट्न वोलाउँदा नी अटेरी गर्छ छोरो, भेट्न आईज मलाई गाह्रो हुँदैछ, भन्दा महाकाली पारी बस्ने छोरो कस्तो उत्ताउलो हगि !

वैदिक सनातन धर्मशास्त्रका कुनैपनि निर्देशनहरू हचुवाका भरमा वा संस्कारका रूपमा चलिआएको चलन भएकोले मात्र मान्नुपर्ने भन्ने होईन । कुनैपनि कार्यको पछाडि कारण अवश्य हुन्छ । १३ दिने काजकिरिया प्रक्रियाहरु अनुसार एउटै कोठामा बस्नु पर्दछ । आफै खाना पकाउने खाने, आफै भाँडा माझ्ने लगायतका कर्म समावेश हुन्छन् । तर भट्ट धेरै मानिसको विचमा बसे सबैको अगाडि नै खाना पकाएर खाए । उनलाई किरियाको प्रक्रियाका लागि पण्डितको नि आवश्यकता परेन होला । कस्ता सन्तान जन्माएकी छिन् ति आमाले ।

चार चार छोरा भएर के गर्नु ? दागबत्ति दिने बेलामा कोही नभएपछि । आमा छोडेर भारत बस्ने छोरा कस्ता ? उत्ताउला ! बुढा आमावुवा, स्वास्नी, छोराछोरी छोडी भारतबस्नु पर्ने । किन ? आफ्नो देशमा बस्नमन नलागेर त पक्कै हैन होला । भारतमा चौकीदारी तीनले गर्नुपर्ने, होटलमो काम गर्नुपर्ने । त्यति मात्र कहाँ होर जहान परिवारको लागि खाद्यान्न, लत्ताकपडा मात्र नभएर स्वास्थ्य उपचार नै गर्न भारत चहार्नु पर्ने ।

उर्लदो महाकालीमा हाम फालेर दार्चुलाका ईन्द्र खत्री नेपाल आउने, उनी कति उत्ताउला ? सरकारको निर्देशनको अवज्ञा गर्ने ति कस्ता ? उत्ताउला !

उर्लदो महाकालीमा हाम फालेर दार्चुलाका ईन्द्र खत्री नेपाल आउने, उनी कति उत्ताउला ? सरकारको निर्देशनको अवज्ञा गर्ने ति कस्ता ? उत्ताउला ! नेपाल प्रवेश गर्न दिने सरकारको अधिकार हो । सरकारको निर्देशन नमान्ने पक्कै पनि उ उत्ताउलो हो । यिनलाई सरकारले ठेगान नलगाए कसलाई लगाउने । किन घर आउनुपर्यो, जहान परिवारको माया लाग्ने भए किन भारत गएको ? देश चाहिने भए किन विदेश ? वर्षौ अर्कोको जन्मभूमीमा नंग्रा खियाउन किन गएको ? अनि अहिले नेपाल आउन पाईन्छ ? सम्माननीय प्रधानमन्त्रिज्यू, माथिका प्रतिनिधि पात्र उत्ताउलो हुन् की ? उनिहरुको बाध्यता हो । सुदुरका जनतामात्र होईनन्, प्रधानमन्त्रिज्यू नेता कार्यकर्ता जति सबै उत्ताउला नै हुन् ।

नेपालमा प्रजातन्त्रका लागि लड्ने चारपटक देशको कार्यकारी प्रधानमन्त्रीको बागडोर सम्हालेका शेरबहार देउवा त अहिले सरकारको प्रमुख प्रतिपक्षी दलका सभापति छन् । उनि त सरकारको आलोचना पनि गर्छन् । जसले सरकारका भष्ट्राचार, शुसासनका कुरा उठाउँछन् । यस्ता व्यक्ति झनै उत्ताउला ! पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, एमसीसीको विरोध गर्ने तपाईकै पार्टीका उपाध्यक्ष भिम रावल त झनै उत्ताउला । ! यस्तो राष्ट्रवादी सरकार हुँदा हुँदैपनि राष्ट्रियताका कुरा उठाउने रावल साहै उत्ताउला हैन त ?

पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, एमसीसीको विरोध गर्ने तपाईकै पार्टीका उपाध्यक्ष भिम रावल त झनै उत्ताउला । ! यस्तो राष्ट्रवादी सरकार हुँदा हुँदैपनि राष्ट्रियताका कुरा उठाउने रावल साहै उत्ताउला हैन त ?

सिंहदरबार विद्रोहका नायक पूर्वप्रधामन्त्री डा. केआई सिंह, जसले २४ घण्टा सरकारको प्रमुख प्रशासनिक निकाय सिंहदरबारलाई आफ्नो नियन्त्रणमा लिए र हिडेर चिनमा गए अनि शरण गए । उनले नारायणहिटी वाहेक सबै निकायमा कब्जा जमाए । उनी कस्तो उत्ताउला ? यसरी प्रशासनिक निकाय कब्जा गर्न पाईन्छ ?

किसान आन्दोलन गर्ने विद्रोही नेता भीमदत्त पन्त जसले किसानको मुक्तिका जस्को हलो, उस्को थलो जस्ता नारा लिएर किसान आन्दोलनमा होमिए ती पनि उत्ताउलान् नै हुन् । सम्पूर्ण महिलाको प्रतिनिधित्व गर्दै महिला पहिलो मन्त्री हुने द्धारिकादेवी ठकुरानी नै उत्ताउली नै हुन् । पहिलो पटक महिलाको प्रतिनिधित्व गर्दै निर्वाचित भई सरकार सञ्चालनमा सहभागी ठकुरानी कत्ति उत्ताउली । मातृभूमिको रक्षार्थ लड्दालड्दै भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर मृत्यु वरण गरी शहिद भएका कञ्चनपुर पुनर्वासका गोविन्द गौतम पनि उत्ताउला ।

किन हिरोगिरी देखाउनुपर्ने ? सीमा सुरक्षा गर्ने काम सरकारको हो । यीनलाई बहादुरी देखाउनु पर्ने ? प्रजातान्त्रिक आन्दोलनमा होमिएका, किसान आन्दोलनको नेतृत्व गर्ने नेपाली जनताको अधिकारीको निमित्त ज्यानको आहुती दिने सुदुरका ज्ञात अज्ञात शहिदहरु सबै उत्ताउला । त्यती मात्र कहाँ होर पटक पटक कम्यूनिष्ट नेतृत्वमा सरकार बनाउन भूमिका निर्वाह गर्ने सुदुरका जनता सबै उत्ताउला । पहिलो संविधान सभाको निर्वाचनमा तपाईको एमाले पार्टीलाई तेस्रो पार्टी बनाउने सुदुरका जनता उत्ताउला, दोस्रो संविधान सभाको निर्वाचनमा दोस्रो पार्टी बनाउने जनता उत्ताउला र २०७४ मा भएको स्थानीय, प्रदेश र प्रतिनिधी सभामा बहुमत दिई पहिलो पार्टी बनाउने सुदुरका जनता झनै उत्ताउला !

मातृभूमिको रक्षार्थ लड्दालड्दै भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर मृत्यु वरण गरी शहिद भएका कञ्चनपुर पुनर्वासका गोविन्द गौतम पनि उत्ताउला ।

यी उत्ताउलाहरु सधै भोट वैंक मात्रै हुनुपर्ने ? राजनीतिक नेतृत्वमा नआउनुपर्ने ? एस म्यान मात्रै हुनुपर्ने ? भोकमरी र विभिन्न समस्याबाट गुर्जिरहेको सुदुरले उत्ताउला हुन पाउँछ ? प्रधानमन्त्रीज्यू, सुदुरको गरिबी, भोकमरी र समस्यासँग भद्दा मजाक नगर्नुस् ! पक्कै पनि लकडाउनपछि सीमानाकामा भिडभाड भएको हो । प्रदेशिनु सुदुरको अर्को विडम्बना हो । तपाई चढ्ने कालो चिल्लो गाडी, आलीसान महल, अनि तपाइको भिआईपी परिवेशमा पनि सुदुरका जनताको हात छ । आफ्नो जहान परिवार सबैको मायाँमारी गरिवीका कारण प्रदेशिनु सुुदुरको वाध्यता हो, रहर कसैलाई हुदैन ।

सीमामा आएका नेपालीलाई सुरक्षित क्वारेन्टाईनमा राख्ने काम तपाई र तपाईको संयन्त्रको हो । कोरोनाको महामारीमा विश्वले पूर्व तयारी गर्दाको अवस्था हुँदा तपाई कहाँ हुनुहुन्थ्यो ? संसदमा गगन थापा जोर जोरले कोरोना विरुद्धको तयारीका लागि कुरा उठाउँदा त्यतिबेला केमा व्यस्त हुनुहुन्थ्यो ? कि गगन थापा पनि संसदमा उत्ताउलो हुँदै थिए कित ? त्यो उत्ताउलोले भने वमोजिम मानेको भए नेपालमा आज एकतीस जनाको संख्या कोरोना संक्रमित पुग्दैन थियो की ? त्यसैले अर्कालाई औला उठाउनु भन्दा आफ्नो काम कर्तव्य शैलिमा ख्याल गरौं । राष्ट्र प्रमुखको हैसियत वोल्नुस्, हचुवाका भरमा वोल्नु भन्दा पनि तथ्य तंथ्यांकमा वोल्नुहोस् यो सुदुरको छोरो अनुरोध हो । त्यसैले सुदुरलाई हेला गरेर उत्ताउलो नभन्नुहोस् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।

प्रतिकृया दिनुहॊस