८ घण्टाको सट्टा १२ घण्टा काम गरौंला : सिइओ अनुपमा खुञ्जेली

अनुपमा खुञ्जेली बैकिङ क्षेत्रमा परिचित नाम हो । यो क्षेत्रमा एउटा बेग्लै स्तम्भ खडा गर्ने वाणिज्य बैंकतर्फ पहिलो महिला सिईओरुपमा खुञ्जेलीको नाम आउँछ । अनिल केशरी शाहले लिड गरेको मेगा बैंकमा पहिलो महिला सिईओकोरुपमा उनी आएपछि बैंक ’अफ दि इयर’ को अवार्ड पनि मेगा बैंकले हात पारेको छ । ब्यक्तिगतरुपमा पनि उनीले म्यानेजमेण्ट लगायतका प्रतिष्ठित अवार्ड हात पार्न सफल भएकी छिन् । प्रमोटर, ग्राहक र चुक्तापूँजी धेरै रहेको यो बैंकमा महिला कर्मचारीको संख्या पनि उल्लेख्य छ ।

अहिले लकडाउनका कारण मानिसहरु घरभित्रै बस्न बाध्य छन् । यस्तो अवस्थामा मेगा बैंक लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ। बैंकले योसँगै हरेक दिन ७ वटै प्रदेशका विभिन्न शाखाहरु सञ्चालन गरेर पनि बैंकिङ सेवा प्रदान गरिरहेको छ । कोरोनाका कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर परिरहेको छ भने नेपाल पनि यसबाट अलग हुन सक्ने अवस्था रहँदैन ।नेपालमा यसको प्रभाव कस्तो हुन्छ ? यस्तो जटिल अवस्थामा मेगा बैंकले कसरी आफ्ना ग्राहकलाई सेवा प्रदान गरिहरहेको छ ? बैंकमा कार्यरत कर्मचारीहरुको सुरक्षाका लागि के कस्तो प्रबन्ध मिलाईएको छ ? लकडाउनको दैनिकी कस्तो छ ? लगायतका विषयमा (मेगा बै‌क नेपाल लिमिटेड) वाणिज्य बैंकतर्फ नेपालकै पहिलो महिला सिईओ अनुपमा खुञ्जेलीसँग न्यूज दैनिक डटकमका सम्पादक कल्पना शर्माले गरेको कुराकानी :-

लकडाउनमा तपाईको दैनिकी कस्तो छ ?
विहानै उठेर फ्रेस भईसकेपछि पूजापाठ गर्छु । त्यसपछि ल्यापटप खोलेर काममा बस्छु । समयमैं खान पाईएको छ । कामको प्रेसरले बेलुकी घर आइपुग्दा लगभग ८ बज्थ्यो । अहिले सेक्युरिटी फिचर्स हेर्नुपर्ने भएकाले ६ वजे सिस्टम डाउन गर्छौ । अनि आफ्नो लागि पनि केहि समय हुन्छ । आकाश खुल्ला र निलो देखिन्छ । तारा पनि गन्न मिल्ने भएको छ । केहि समय अगाडि पिंक मुन देखिएको थियो । अहिले एउटा बेग्लै प्रकारको अनुभूति भईरहेको छ । सफा, सुग्घर, शान्त काठमाडौं असाध्यै सुन्दर देखिएको छ ।

बैंकको कामसँगै आफ्नो लागि पनि केहि समय हुने भएकाले लिडरसिप सम्बन्धि टिप्सहरु युटुवबाट अध्ययन गर्ने अवसर पनि पाएको छु । किताव पढ्न समय पनि मिलेको छ ।

अर्काे असाध्यै महत्वपूर्ण कुरा मैले भजन सुन्न पाएको छु । केटाकेटी हुँदा हामीकहाँ भजन, किर्तन हुन्थ्यो । अहिले युटुवबाट सुनेर आनन्द लिईरहेको छु । बैंकको कामसँगै आफ्नो लागि पनि केहि समय हुने भएकाले लिडरसिप सम्बन्धि टिप्सहरु युटुवबाट अध्ययन गर्ने अवसर पनि पाएको छु । किताव पढ्न समय पनि मिलेको छ ।‘वर्क फ्रम होम‘ मा बैंकले कसरी डिजिटलाईजेसनलाई प्रवद्र्धन गरिरहेको छ ?
विहान ८ वजेदखिनै नै हाम्रो कामको सुरुवात हुन्छ । बैंकमा सिनियर म्यानेजमेण्ट समूह ह्वाट्स एप ग्रुपका माध्यमबाट एकै स्थानमा बसेर दिनभरीको योजना बनाउँछौं । कुनकुन शाखा खोल्ने ? ग्राहकलाई कसरी सेवा प्रदान गर्ने भन्ने विषयमा नै छलफल केन्द्रित हुन्छ । यससँगै राष्ट्र बैंक र हाम्रो बैंकको पनि आन्तरिक रिर्पाेटिङ गर्नुपर्छ ।

हाम्रा ‘कर्मचारीहरुले वर्क फ्रम होम’ घरैबाट रिर्पाेटिङ गरिरहनुभएको छ । सिनियर म्यानेजमेण्ट समूहले गर्नुपर्ने महत्वपूर्ण काम गरिरहेका छौं । डिजिटलाईजेसनको युग भनेर सुन्दै आएको भएपनि कोरोनाका कारण यसलाई परीक्षण गर्ने उपयुक्त समयको रुपमा मैले लिएको छु । मेगा बैंकको वोर्डको मिटिङ पनि पहिलोपटक हामीले डिजिटल्लीनै सम्पन्न गरेका छौं ।

कोरोनाका कारण विश्व अर्थतन्त्रमा अप्ठेरो परिस्थिति उत्पन्न भएको छ, यस्तो अवस्थामा नेपालको अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ ?
विश्वमा कोरोनाका कारण जटिल आर्थिक अवस्था आएसँगै नेपाल अछुतो रहन्छ भन्ने हुँदैन । मन्दी आएसँगै यसले विभिन्न जटिलताहरु पनि लिएर आउँछ । विगतका यस्तै मन्दीहरुमा ठूला ठूला बैंकहरु असफल भएको ईतिहाँस छ । यस्तो अवस्थामा सरकारले कस्तो प्रकारको आर्थिक प्याकेज ल्याउँदा ठीक होला ? गम्भीर अध्ययनको जरुरी देखिन्छ ।

हाम्रा ‘कर्मचारीहरु वर्क फ्रम होम’ घरैबाट रिर्पाेटिङ गरिरहनुभएको छ । सिनियर म्यानेजमेण्ट समूहले गर्नुपर्ने महत्वपूर्ण काम गरिरहेका छौं ।

हामीले पनि कति प्रतिशत राहत प्योकज ल्याउँदा ठीक हुन्छ भनेर छलफल अगाडि बढाउनुपर्छ । धेरै प्रभावित क्षेत्रमा बढी रकम छुट्याउनुपर्छ । टुरिजम, होटल, एयरलाईन्स र सेवा लगायतका क्षेत्र पहिचान गरेर धेरै रकम राहत प्याकेजको रुपमा छुट्याउनुपर्छ । साना किराना पसल चलाईरहेकाहरुको विषयमा पनि उत्तिकै गम्भीर हुनुपर्छ । लगभग सबै पसलहरु पनि ठप्प छन् । त्यसकारण सबैलाई समेट्ने गरी राहत प्याकेज आउनुपर्छ ।अहिले केहि देशहरुले २ देखि ३ प्रतिशतसम्मको आर्थिक प्याकेज ल्याएका छन् । युरोपियन युनियन EU ले ५ खर्व युराेपियन डलर राहत प्याकेज ल्याएकाे छ । अमेरिकाले २० खर्ब अमेरिकी डलर राहत प्याकेजका रुपमा ल्याएको छ । यस्तो अवस्थामा अर्थतन्त्रमा ठूलो असर हुने भएकाले पनि अर्थतन्त्रलाई चलायमान बनाउनका लागि यस्ता आर्थिक प्याकेजहरु लाभदायक हुन्छन् । सरकारले यो विषयमा चाँडो नै टुंगो लगाउने विश्वास पनि मैले लिएको छु ।

लकडाउनको अवधिमा मेगा बैंक लिमिटेडले ग्राहकलाई कसरी सेवा दिईरहेको छ ?
हामीले अहिले ‘वर्क फ्रम होम’ को अवधारणालाई सुरु गरेका छौं । तथापि बैंक अत्याश्यक सेवामा पर्ने भएकाले सुचारु गर्नैपर्ने हुन्छ । यस्तो जटिल परिस्थितिमा पनि मेगा बैंकले आफ्ना ग्राहकको सेवा तथा सुविधालाई मध्यनजर गर्दै हरेक दिन ७ वटै प्रदेशका विभिन्न शाखाहरु मार्फत सेवा दिईरहेको छ ।

बैंकको वेब साईटमा खुल्ने शाखा, समय, म्यानेजरको नाम र मोवाइल नंवर अपडेट गर्दै आएका छौं । यसरी खुल्ने शाखाहरुको संख्या पनि हरेक दिन बढ्दै छ ।

बैंकको वेब साईटमा खुल्ने शाखा, समय, म्यानेजरको नाम र मोवाइल नंवर अपडेट गर्दै आएका छौं । यसरी खुल्ने शाखाहरुको संख्या पनि हरेक दिन बढ्दै छ ।

नजिक एटीएम भएन र पैसा चाहियो वा कुनैपनि प्रकारको सेवा चाहियो भनेर ग्राहकले हामीलाई जानकारी गराउनुभयो भने त्यो स्थानमा शाखा खोलेर सेवा दिईरहेका छौं । अहिले ग्राहकमात्रै होईन बैंकरहरु पनि घरैमा भएको अवस्था छ । यस्तो परिस्थितिमा ग्राहकको समस्या बुझ्ने र समाधान गर्न हामीले कुनैपनि कसर बाँकी राखेका छैनौं । ग्राहकले आफूले दुख गरेर जम्मा गरेको पैसा चलाउनलाई अप्ठेरो नहोस् भनेर हामी सचेत छौं । गाउँपालिकाहरुमा एटीएम नभएका स्थानमा सकेसम्म शाखा खोलेर सेवा दिईरहेका छौं ।

ग्राहकलाई सेवा सुविधा प्रदान गर्दै गर्दा आफ्ना कर्मचारीहरुको सुरक्षाका बारेमा बैंक कत्तिको सचेत छ ?
हो तपाईले उठाएको प्रश्न सान्दर्भिक छ । ग्राहकलाई सेवा दिईरहँदा कतै हाम्रा कर्मचारीहरु असुरक्षित त छैनन् ? यसबारे हामी अत्यन्तै गम्भीर छौं । हाम्रा कर्मचारी भनेका मेगा बैंकका परिवारका सदस्य हुन् । उनीहरुको सुरक्षा र स्वास्थ्यका बारे हामी चिन्तित छौं र सजग पनि छौं । यसका लागि ईन्चार्ज प्रमुखले प्रत्येक शाखाबाट सूचना संकलन गरिरहनुभएको छ ।

हाम्रा कर्मचारीमा कुनै समस्यामा त छैनन् ? उनीहरुमा कुनैपनि प्रकारको सुरक्षा सामग्री अपुग त छैन ? कोही बिरामी त परेका छैनन् ? सबैभन्दा पहिला हामी यी विषयमा चिन्तित हुन्छौं । १२ सयभन्दा बढी मेगा बैंकमा कर्मचारी छन् । उनीहरु र उनका परिवारको स्वास्थ्य अवस्थासँग हामी जानकार छौं । कसैलाई पनि कोरोनासँग जुध्न नपरोस् । यदि कसैलाई समस्या परिहाले हामी हाम्रो सदस्य र उसका परिवारका सदस्यको उपचारमा कमी हुन दिने छैनौं ।

कर्मचारीहरुको सुरक्षा र स्वास्थ्यका बारे हामी चिन्तित छौं र सजग पनि छौं । यसका लागि ईन्चार्ज प्रमुखले प्रत्येक शाखाबाट सूचना संकलन गरिरहनुभएको छ ।

कोरोनाका कारण हुनसक्ने असरलाई मध्यनजर गर्दै एउटा शाखामा २ जना कर्मचारीलाई मात्रै खटाएका छौं । धेरै भिड गर्न नहुने भएकाले पनि हामीले यस्तो सावधानी अपनाएका हौं । मास्क, सेनिटाईजर र पञ्जा अनिवार्य गरेका छौं । सुरक्षा गार्डलाई पनि हामीले विशेष सर्तक भएर काम गर्न भनेका छौं । एलसी, चेक क्लियरिङ र रेमिटेन्स लगायतका सेवाहरु प्रदान गरिरहेका छौं । ग्राहकमुखी बैंक भएकाले टेलिफोनबाटै पनि उहाँहरुका समस्या सुन्ने र तत्काल समाधानको काम गरिरहेका छौं ।

एटीएमबाट सेवा दिईरहेका स्थानहरुमा आवश्यक पैसा छ की छैन ? निरीक्षण गरेर अपुग भएको पाइएमा तुरुन्तै रिफिल गर्ने गरेका छौं । हाम्रो अधिकतम प्रयास भनेको ग्राहकलाई यस्तो बेलामा कुनैपनि प्रकारको झन्झट नहोस् भन्ने नै हो ।यस्तो जटिल अवस्थामा बैंकले आफ्ना ग्राहकको ऋणको ब्याज मिनाहाका लागि के गर्दैछ ?
हामीले सरकारको राहत कोषमा गर्ने सहयोग बाहेक हाम्रा ग्राहकको सुविधालाइ हेर्नुपर्ने हुन्छ । सरकारले अहिले १० प्रतिशत छुट दिने भनेको छ । यो पनि बैंकको खर्चमा नै आउँछ । त्यो छुट दिन मेगा बैंक तयार छ ।

बैंकहरुको ऋणको ब्याजदर जेठ १ गतेदेखि घट्दैछ । निक्षेपको १ प्रतिशत ब्याजदर वैशाख १ गतेदेखि लागू हुनेगरी घट्छ । बंगलादेशले ल्याएको आर्थिक प्याकेजमा ९ प्रतिशतको ब्याजमा ५ प्रतिशत ग्राहकले र ४ प्रतिशत सरकारले तिर्ने ब्यवस्था गरेको छ । यो विषयलाई उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघले पनि गम्भीरतापूर्वक लिने मैले आशा गरेको छु । राष्ट्र बैंकले सीआरआर घटाएर पहिलो कदम त चाली नै सकेको छ ।

सरकारले खडा गरेकोे कोरोना भाईरस नियन्त्रण तथा राहत कोषमा बैंकले गरेको सहयोगका बारेमा जानकारी गराईदिनुस् न ?
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम सरकारी काेषामा जम्मा गरेकाे छ । यससँगै सहायक तहदेखि सिनीयर म्यानेजमेण्ट र बोर्डसम्मको पैसा उठाएर कोषमा जम्मा गरेर आफ्नो दायित्व पूरा गरेको छं ।

अहिलेको जटिल परिस्थितिमा पनि मेगा बैंकले आफ्ना ग्राहकको सेवा तथा सुविधालाई मध्यनजर गर्दै हरेक दिन ७ वटै प्रदेशका विभिन्न शाखाहरु मार्फत सेवा दिईरहेको छ ।

१ करोड रुपैयाँ केन्द्रीय कोषमा र ५/५ लाख रुपैयाँ ७ वटै प्रदेशमा प्रदान गरेका छौं । २ दिनको सहायक, ३ दिनको अधिकृतस्तर, ४ दिनको ब्यवस्थापकको र ५ दिनको सिनियर म्यानेजमेण्ट तहको तहगत अनुरुप तलव कोरोना नियन्त्रण कोषमा जम्मा गरेका छौं । त्यस्तै हरेक बोर्ड सदस्यले २५-२५ हजारका दरले सहयोग गर्नुभएको छ । यस्तो माहामारीको बेलामा सरकारले पूरा गर्नुपर्ने ठूलो जिम्मेवारी छ । यो बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको सहयोग हो । जम्माजम्मी बैंकले १ करोड ३५ लाख रुपैयाँ सरकारले खडा गरेकोे कोरोना भाईरस नियन्त्रण तथा राहत कोषमा जम्मा गरेको छ ।

अन्त्यमा के भन्नुहुन्छ ?
अहिलेको समयमा सरकारले गरेको लकडाउनलाई पालना गर्दै घरभित्रै बसिदिनुहोला । देशलाई कोरोना भाईरसबाट बचाउनका लागि हरेक नागरिकले सोच्नुपर्छ । सबैभन्दा पहिले आफू र आफ्नो परिवारलाई सुरक्षित बनाउनुपर्छ । सुरक्षित भएसँगै परिस्थिति सहज हुन थालेपछि ८ घण्टाको सट्टामा १२ घण्टा काम गरौंला । अनि अर्थतन्त्र फेरी मजवुत हुन्छ । सकारात्मक सोच राख्दै कोरोनाको कहरबाट जोगिनुनै अहिलेको आवश्यकता हो ।

तस्बिर : रश्मी महत

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हामी यस्तो भूगोलमा छौँ की यहाँ जुनसुकै बेला पनि ठूलो भूकम्प जाने सम्भावना छ : वरिष्ठ भूकम्पविद् डा. अधिकारी (अन्तर्वार्ता)

खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय उच्च जोखिममा रहेको बताउँछन् । उनका अनुसार, नेपालमा एउटै भूकम्प पूर्वदेखि पश्चिमसम्म गएको छैन । पूर्वमा १९९० सालको भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गयो र त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । नेपालको मध्य क्षेत्रमा २०७२ वैशाखमा गयो र पश्चिम नेपालमा ठूलो भूकम्प सम्भावना छ ।

प्रतिकृया दिनुहॊस