कामना सेवाको Digital सञ्चालक समितिको बैठक

काठमाडौं ।कामना सेवा विकास बैंक लिमिटेडले विद्युतीय Digital  प्रविधिको प्रयोग गरी भिडियो कन्फरेन्स मार्फत सञ्चालक समितिको २८९ औं बैठक सम्पन्न गरेको छ ।

बैंकको इतिहासमा यो पहिलो डिजिटल बैठक हो । नियमित बैैठकको अलावा हालको अवस्थाको बारेमा गहन विश्लेषण एवं भावी रणनीतिको सम्बन्धमा नीतिगत निर्णय गर्न तथा आवश्यक दिशानिर्देश गर्न समेत यो डिजिटल बैठक फलदायी रहेको बैंकका अध्यक्ष सुदिप आचार्यले बताए ।

बैंकले हालसालै आफ्नो नियमावलीमा संशोधन गर्दै विद्युतीय प्रविधिको माध्यमद्वारा भिडियो कन्फरेन्स मार्फत सञ्चालक समितिको बैठक बस्न सक्ने व्यवस्था गरेको थियो ।

यो बैंकलाई डिजिटाइजेसन(Digitizatio) र अटोमेसनको (Automation)पायोनियर बनाउने लक्ष्यको कोसेढुङ्गोको रुपमा यस डिजिटल बैठकलाई लिएको बैंकका प्रमुख कार्याकारी अधिकृत श्री प्रविण बस्नेतले बताए ।

२०७६ साल गत कार्तिक २७ गते बैंकको वार्षिकोत्सव तथा भवन समुद्घाटन समारोहमा समेत माननीय अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा एकै दिन ५० वटा शाखा डिजिटल अनावरण गरिएको थियो ।

आज सम्पन्न सञ्चालक समितिको बैठकले ग्राहक महानुभावहरुलाई थप सेवा सुविधा दिने बारे तथा देश लकडाउनमा परेका कारण पिडामा परेका गरिब तथा असहाय व्यक्ति तथा परिवारहरुको दैनिकी सञ्चालन तथा सहजीकरणको निमित्त वडा, गाउंपलिका तथा नगरपालिकाहरुसँग सहकार्य गर्दै अगाडि बढ्न बैंक व्यवस्थापनलाई निर्देशन समेत दिएको छ ।

यसै गरी मानिसहरुसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित जनावरहरुमा समेत खाने तथा पिउने पानीको समस्या परेको कुरा विभिन्न संचार माध्यमहरुद्वारा जानकारीमा आएको हुंदा सो सम्बन्धमा समेत सक्दो सहयोग गर्न बैंक व््यवस्थापनलाई निर्देशन गरेको बैंकका अध्यक्ष सुदिप आचार्यले जानकारी गराए ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६५ ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA  लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस