कोरोनाभाइरस संक्रमण, रोकथाम र नियन्त्रणका लागि नेपाल बैंकको १ करोड सहयोग

काठमाडौं । कोरोनाभाइरस संक्रमण, रोकथाम र नियन्त्रणका लागि नेपाल बैंकले नेपाल सरकारलाई १ करोड सहयोग गर्ने भएको छ ।

बैंकले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा देशमा कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले गरेको पहलकदमीलाई साथ दिन उक्त सहयोग रकम घोषणा गरेको हो ।

संभावित विपद्बाट सिर्जना हुनसक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा हुने गरी उक्त रकम प्रदान गर्ने बैंकको सञ्चालक समितिको बैठकबाट निर्णय भएको बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस