बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन : सेवा सूचारु राख्नु, सतर्कता अपनाउनु

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेवा सूचारु गर्दै सतर्कता अपनाउन समेत निर्देशन दिएको छ । राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाको नाममा परिपत्र जारी गर्दै अत्यावश्यक सेवालाई सूचारु हुने व्यवस्था मिलाउन तथा कोभिड–१९ को संक्रमणबाट आफ्ना कर्मचारीलाई बचाउने उपाय अपनाउन निर्देशन दिएको हो । त्यसका लागि न्यूनतम कर्मचारीलाई कार्यालयमा आएर काम गर्ने वातावरण मिलाउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले २०७६ साल असोज २७ गतेको राजपत्रमा प्रकाशित सूचनामा बैंकिङ सेवालाई अत्यावश्यक सेवाको रुपमा राखिएको भन्दै त्यसलाई सूचारु गर्न वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त संस्थालाई समेत निर्देशन दिएको हो । तर अत्यावश्यक सेवा उपलब्ध गराउँदा यथासम्भव न्यूनतम कर्मचारीबाट सूचारु गर्न भनेको छ । तर त्यसरी सेवा दिँदा सेवाग्राहीहरुको भीड नहुने सुनिश्चिता गर्न तथा विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न समेत निर्देशन दिएको हो ।

त्यसरी कार्यालयमा उपस्थित हुने कर्मचारीको सुरक्षा र संक्रमणको सम्भावना न्यूनीकरणका लागि मास्क, स्यानिटाइजर, डिस्इन्फेन्ट, थर्मल स्क्यानिङ, ह्यान्ड ग्लोब आदि जस्ता न्यूनतम सुरक्षा उपायहरु अबलम्बन गर्न भनेको छ ।

सरकारले चैत २१ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने घोषणा गरिसकेको छ । तर सरकारको उक्त घोषणभन्दा अघि नै सम्बन्धित क्षेत्रका छाता संगठनहरु नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन र नेपाल वित्तीय संस्था संघले अनलाइन कारोबारको शुल्क निःशुल्क बनाएको छ भने सर्वसाधारणलाई सकेसम्म बैंकमा नआउन आग्रह गरिसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ विकास बैंकद्वारा ग्रीण हाइड्रोजन इन्धनको अनुसन्धानका लागि काठमाडौं विश्वविधालय सँग सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुग्ने उद्देश्यले ग्रीण हाइड्रोजन इन्धनको अनुसन्धानका लागि …

प्रतिकृया दिनुहॊस