एभरेस्ट प्रिमियर लिगकाे खेल तालिका सार्वजनिक, फाइनल चैत १५ गते

काठमाण्डाै । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

आउँदाे चैत १ गतेदेखि १५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुन लागेको प्रतियाेगिताकाे बिहीबार तालिका सार्वजनिक भएको हो । प्रतियोगिता अन्तर्गत पहिलो दिन एक खेल हुनेछ । दोस्रो दिनबाट हरेक दिन दुई खेल हुनेछ । तर लिग चरणको अन्तिम दुई खेल भने हरेक दिन हुनेछ  ।

६ वटा टिमले सहभागीता जनाउन लागेको प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर प्याट्रियोट्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्नेछन् । यो खेल दिउँसो २ बजेदेखि सुरु हुने छ । दोस्रो दिनबाट भने बिहान १० बजे पहिलो र २ बजे दाेस्रो खेल हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस