महिला टि– २० विश्वकप आजबाट

एजेन्सी ।  आइसिसी महिला टि–२० विश्वकपको सातौं संस्करण आजबाट सुरु हुँदैछ । प्रतियोगीताको सुरुवात सिड्नी शो ग्राउण्ड क्रिकेट मैदानमा आयोजक तथा साविक विजेता अष्ट्रेलिया तथा भारतको खेलबाट हुने छ । सो खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

मार्च ८ सम्म चल्ने प्रतियोगीतामा ९ टेस्ट तथा १ एसोसियट गरी १० टोली सहभागी छन् । यी टोलीहरुलाई दुई समुहमा विभाजन गरीएको छ । समूह ‘ए’मा भारत,अष्टेलिया,न्युजिल्याण्ड ,श्रिलंका तथा बङ्गलादेश छन् ।

समूह ‘बि’मा दक्षिण अफ्रिका,पाकिस्तान, इङ्गल्याण्ड, वेस्ट इण्डिज तथा  थाइल्याण्ड छन् । समूहका प्रत्येक टोलीले एक अर्कासंग प्रतिस्पर्धा गर्नेछन र शिर्ष दुई टोली  समेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेल सिड्नी क्रिकेट मैदानमा पाँच मार्चमा हुने छ भने फाइनल खेल मेलवर्न क्रिकेट मैदानमा आठ मार्चमा हुने छ ।

सन् २००९ बाट सुरुभएको प्रतियोगीताको  छैटौं चरण सकिँदासम्म ३ राष्ट्र मात्र  विजेता भएका छन् । जसमा अष्ट्रेलिया सर्वाधिक ४ तथा इङ्गल्याण्ड तथा वेस्ट इण्डिज समान १ पटक विजेता भएका छन । सन् २०१० देखि यो प्रतियोगीता    २–२ वर्षको अन्तरालमा आयोजना हुने गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस