आइतबार एकै दिन साढे २२ सय सवारी कारबाहीमा

काठमाडौं । उपत्यकामा आइतबार एकै दिन २२ सय ४८ सवारीसाधन तथा चालक कारबाहीमा परेका छन् । ट्राफिक नियम पालना नगर्ने ती सवारीसाधन र चालक कारबाहीमा परेका हुन् ।

कारबाहीमा पर्नेमा सबैभन्दा बढी अनधिकृत पार्किङ गर्ने सवारीसाधन रहेका छन्, त्यस्ता २ सय २४ वटा सवारीमाथि ह्विल/चेन लक गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार फुटपाथमा पार्किङ गर्ने २ सय ७ वटा सवारी नियन्त्रणमा लिइएको छ। त्यस्तै, लेन अनुशासन पालना नगर्ने १ सय ७० चालकमाथि कारबाही गरिएको छ।

आइतबार उपत्यकाका सडकमा सिसिटिभीमार्फत निगरानी गरेर २१ सय ६ वटा सवारीमाथि कारबाही गरिएको महाशाखाले जनाएको छ।

यसैगरी, मापसे ९९, भाडाका कार तथा ट्याक्सी ५४, निषेधित क्षेत्रमा हर्न बजाउने ५४, जेब्राक्रसिङमाथि सवारी रोक्ने ३६ तथा अन्य १ हजार २ सय ९० कारबाही गरिएको महाशाखाको तथ्याङ्‌क छ।

आइतबार उपत्यकामा ३३ वटा सवारी दुर्घटना भएका थिए, जसमा १८ जना सामान्य र एक जना गम्भीर घाइते भएको महाशाखाले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस