कोरोनाबाट बच्न प्रधानमन्त्री ओलीले दिए यस्तो टिप्स

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म नेपालमा देखानपरेकाले त्रसित नहुन आग्रह गरेका छन् ।

नेकपा केन्द्रीय कमिटी बैठक समापन गर्दै ओलीले कोरोना भाइरसबारे बोलेका हुन् । ‘तर सजग हुनुस्,’ उनले भने, ‘देशमा मास्क उपलब्ध हुन गाह्रो छ, दिनको ९ हजारजति मात्रै मास्क उत्पादन गर्न सकिन्छ।’

उनले अहिले नेपालले दिनको ३ हजार मात्रै मास्क उत्पादन गरिरहेको र अधिकतम उत्पादन गर्ने दिशामा अघि बढेको जानकारी गराएका छन्।

‘मास्क प्रयोगको आदतदेखि मुख छोपेर मात्रै हाछ्युँ गर्ने र हाछ्युँ गर्दा अर्काे व्यक्तिभन्दा १ मिटर टाढै बस्ने बानी बसाल्नुस्, अरूलाई पनि त्यही सिकाउनुस् ।’ कान्तिपुरबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस