कोरोनाका कारण रोकिए हजारौं जोडीको बिहे

काठमाडाैं । कोरोना भाइरसका कारण हजारौं चिनियाँ जोडीको विवाह गर्ने सपना भताभुंग भएको छ ।

सन् २०२० फेब्रुअरी २ तारिखका दिन प्रेमी जोडीले हजार वर्षमा एकपटक भेटिने उक्त दिनलाई आफ्नो विवाहका लागि शुम दिन छनोट गरेका थिए । एक त यो मिति २०२०–०२–०२ अद्भूत देखिन्छ ।

अगाडिबाट वा पछाडिबाट एकै बुझाउँछ। त्यसमाथि चिनियाँमा समध्वनि शब्द निकै प्रचलित छन् । मे महिनाको २० तारिखलाई चिनियाँले समध्वनिका आधारमा दिवसका रूपमा मनाउँछन् ।

५२० अंक, वुआरलिङको समउच्चारणमा वोआईनी अर्थात् आई लभ यु सँग मिल्ने धारणा चिनियाँ राख्छन् ।

यसपटकको असाधारण अंक मितिमा चिनियाँहरूले विवाहका लागि शुभसाइत मानिरहँदा आइतबार बिदाको दिन पर्ने भएपछि सबै जोडीले सामाजिक सञ्जाललगायत विभिन्न माध्यममार्फत दुःख पोखेका छन् । अन्नपूर्णपोस्टबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री