डेब्यू सिनेमाको नयाँ गीत ‘झ्याम्मै आँखा झ्याम्मै’मा यस्तो छ निकिताको नाच [भिडियाे]

काठमाडाैं । माघ २४ गते रिलिज हुने अभिनेता विराज भट्टको निर्देशकिय डेब्यू सिनेमा ‘साङ्लो’को नयाँ गीत रिलिज भएको छ । सिनेमामा समाविष्ट ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत रिलिज गरिएको हो ।

डान्सिङ नम्बर रहेको गीतमा विराज र डेब्यु अभिनेत्री निकता चाण्डकलाई नाच्दै गरेको देख्न सकिन्छ । सुरेश अधिकारीको संगीत रहेको गीतमा अन्जु पन्त र निशान भट्टराईको स्वर छ । गीतका कोरियोग्राफर रामजी लामिछानेको हुन् । एक्सन प्रधान सिनेमालाई विराज आफैले निर्माण गरेका हुन् ।

सिनेमामा विराज र निकितासँगै जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी आदिको अभिनय छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस