काठमाडौं । टाटाले प्यासेन्जर भेइकलमा प्रयोग हुने जेन्यइन आयल नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीले नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटोपार्टस्ले टाटा मोटर्सको एकमात्र जेन्युइन मोट आयल सार्वजनिक गरेको हो ।
सो मोटर आयल टाटाले अन्तर्राष्ट्रि बजारमा पहिलोपल्ट नेपालको चितवनमा लन्च गरेको हो जसमा नेपालका एक सय भन्दा बढी खुद्रा विक्रेता सहभागी थिए । सो आयल लन्च गरेको एक घन्टाभित्रै १ लाख ४ हजार किलोलिटर बुक गरिएको कम्पनीले जनाएको छ ।
टाटाले आफ्नो जेन्युइन इन्जिन आयल, गियर आयल र रियर एक्सल आयल अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरेको हो ।
तपाईंको प्रतिकृया




