एफए कप : आर्सनलले बर्नमाउथलाई २–१ ले हरायाे

काठमाण्डाै । आर्सनल एफए कपको पाँचौँ चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा आर्सनलले एएफसी बर्नमाउथलाई दुई–एक गाेल अन्तरले हराउँदै प्रिक्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको हो ।

आर्सनलको जितमा बुकायो साका र इडी एनकेतिहाले एक–एक गोल गरे । पाँचौँ मिनेटमा साकाले मार्टिनेलीको पासमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । २६औँ मिनेटमा एनकेतिहाले गोल गरेपछि आर्सनलले पहिलो हाफअघि दुई गोलको अग्रता लियो ।

युवा खेलाडीले भरिएको आर्सनलले अग्रता खेलको निर्धारित समयसम्म जोगाएको थियो । इन्ज्युरी समयको चौथो मिनेटमा बर्नमाउथका सब्सिच्युट खेलाडी साम सुरिजले गोल गर्दै आर्सनलको अग्रता दुई–एकमा छोट्याए ।

बाँकी समयमा थप गोल हुन नसक्दा आर्सनलले अन्तिम १६ को यात्रा पक्का गरेको हो । आर्सलनलले प्रिक्वार्टर फाइनलमा तेस्रो डिभिजनको पोटर्समाउथसँग प्रतिस्पर्धा गर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस