विप्लव समूहले गर्‍यो तीन स्काभेटरमा आगजनी

मोरङ । मिक्लाजुङ गाउँपालिकामा विप्लव समूहले स्काभेटरमा आगजनी गरेका छन् । मिक्लाजुङ १ को बाँसबिरे भन्ने ठाउँमा गएराति १० बजे तीन स्काभेटरमा विप्लव समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

किसानचोक-रमिते सडकखण्ड निर्माणकालागि प्रयोग गरिएका स्काभेटरमा आगजनी गरिएको हो । सो सडकखण्ड प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको छ । आगजनी पश्चात तत्काल प्रहरी परिचालन गरी दोषीको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको  प्रहरी उपरीक्षक अधिकारीले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस