पेस्तोलसहित दुई युवक पक्राउ

जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका–५ बाट स्वचालित पेस्तोलसहित दुई युवकलाई पक्राउ परेका छन्। पक्राउपर्नेमा सोही ठाउँका २६ वर्षीय दिपेशकुमार महतो र १९ वर्षीय शुभकेश महतो रहेको प्रहरीले जनाएको छ।

दिपेशले पेस्तोल पड्काउँदै हिँडेको सूचनाका आधारमा जाँदा आँपको बगैचा भएको जमिनमा माटो र खरानीले छोपी लुकाएर राखेको पेस्तोल भेटिएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी रमेश बस्नेतले पक्राउ परेका दुवै जनामाथि अनुसन्धान सुरु गरिएको बताएका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस