माघे संक्रान्तिमा बागमती बाहेक सबै प्रदेशमा बिदा

काठमाडाैा । मुलुकभर आज घिउ, चाकु, तरुल लगायतका परिकार खाएर माघे संक्रान्ति पर्व मनाइँदै छ। माघे संक्रान्ति पर्वको अवसरमा आज (बुधबार) वागमती प्रदेश बाहेक देशका ६ वटै प्रदेश सरकारले सार्वजनिक विदा दिएका छन्।

धार्मिक र अध्यात्मिक दृष्टिकोणले यो चाड हिन्दुहरुको लागि महत्वपूर्ण मानिन्छ। माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुन्छ। यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जान्छ।

थारु समुदायले माघे संक्रान्तिलाई माघी पर्वको रुपमा धुमधामपूर्वक मनाउँछन्। मकर संक्रान्ति पनि भनिने यो पर्वमा नेपाल भरका विभिन्न पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरूल खाई मनाइन्छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाममा चुनाव जित्न सकिएन, सिक्न सकियो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को उपनिर्वाचनमा भएको पराजय सहर्ष …

प्रतिकृया दिनुहॊस