ए डिभिजन लिगः मच्छिन्द्रले जावलाखेलको सामना गर्दै

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शनिबारदेखि छैटौँ चरणका खेल सुरु हुँदैछ । शनिबार दुईवटा खेल हुने छन् । पहिलो खेलमा मच्छिन्द्र क्लब र जावलाखेल युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

खेल दिउँसो १२ बजेपछि सुरु हुनेछ । यसअघिका पाँच मध्ये तीन खेलमा जित र दुईमा बराबरी गरेको मच्छिन्द्र क्लब १० अंकसहित तालिकको तेस्रो स्थानमा छ । गएको सिजन पुछारबाट दोस्रो स्थानमा रहेकाले यो सिजन मच्छिन्द्रबाट एक अंक कट्टा भएको छ । यस्तै दुई खेलमा जित, दुईमा बराबरी र एकमा हार बेहोरेको जावलाखेल ९ अंकसहित पाँचौँ स्थानमा रहेको छ ।

शनिबार नै हुने अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्ने छ । खेल दिउँसो ३ बजेपछि दशरथ रंगशालामा हुनेछ । यसअघिका पाँच मध्ये तीन खेलमा जित र दुईमा बराबरी गरेको मनाङ ११ अंकसहित दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको त्रिभूवन आर्मी क्लबको १२ अंक रहेको छ ।

हिमालयन शेर्पाले भने अहिलेसम्म जित निकाल्न सकेको छैन । तीन खेलमा बराबरी र दुईमा पराजित भएको हिमालयन तीन अंकसहित पुछारबाट तेस्रो स्थानमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस