वन उपभोक्ता समूहको अगुवाइमा हाते कागज उद्योग स्थापना

म्याग्दी । मालिका गाउँपालिका ३ अदिभारामा नेपाली कागज उद्योग स्थापना भएको छ । वनजंगलमा खेर गइरहेको अर्गेलीको लोत्ता संकलन गरी नेपाली कागज उत्पादन, आयआर्जनको अवसर र रोजगारी सिर्जना गर्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूह र स्थानीय अगुवाहरुको पहलमा उद्योग सञ्चालन भएको हो ।

वि.स २०६६ मा अदिभारामा स्थापना भएको सोले हब्स प्रा.ली बन्द भएपछि त्यहाँबाट कागज उत्पादन हुन सकेको थिएन भने अर्गेलीको लोक्तासमेत खेर गइरहेको थियो । बन्द भएको उद्योगको संरचनालाई व्यवस्थित गरेर अर्को उद्योग सञ्चालन गरिएको सञ्चालक मोतीराज गौतमले जानकारी दिए ।

तनहुँको शुक्ला गण्डकी हाते कागज उद्योगले यहाँको उत्पादन खरिद गर्ने सम्झौता भएको छ । शुक्ला गण्डकी र नेपाल कोरीया प्रविधि (नाइटेक) को सहयोगमा उद्योग परिसरमा पूर्वाधार थप गरिएको छ । उद्योगमा दैनिक दुई हजार ताउ (बीस कोरी) कागज उत्पादन गर्ने क्षमता छ भने पाँच जनाले आंशिक रोजगारी पाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस