हावाहुरीका कारण अष्ट्रेलियामा भएको आगलागी नियन्त्रणमा समस्या

एजेन्सी । हावाहुरीका कारण अष्ट्रेलियामा फैलिरहेको आगलागी नियन्त्रणमा लिन अफ्ठेरो परेको अधिकारीहरुले बताएका छन् । दक्षिणपूर्वी अष्ट्रेलियाका विभिन्न जंगलमा फैलिएको आगो नियन्त्रणका लागि अग्नी नियन्त्रकहरुले गरेका प्रयासहरु बिफल भइरहेको समाचारमा जनाइएको छ ।

एक सय २८ किलोमिटर प्रतिघण्टाको बेगमा आएको हुरीका कारण आगो नियन्त्रण गर्न समस्या भएको अधिकारीहरुले जनाएका छन् । छिमेकी राज्य भिक्टोरीयामा आगोमा फसेकाहरुको उद्धारका लागि सेनाका हेलिकोप्टरहरु प्रयोग गरिएको बीबीसीले उल्लेख गरेको छ ।

गत सेप्टेम्बरदेखि सुरु भएको आगलागीका कारण २३ जनानको मृत्यु भएको छ भने एक हजार भन्दा बढी घरहरु जलेर नष्ट भएका छन् । त्यसैगरी लाखौं हेक्टर वन क्षेत्र आगोबाट नष्ट भएको छ । लगातारको आगलागीका कारण अष्ट्रेलियामा अत्याधिक गर्मी बढेको छ ।

बाक्लो धुवाँका कारण वातावरण प्रभावित हुनुका साथै तापक्रम वृद्धि हुने क्रम रोकिएको छैन । लामो समयदेखि आगलागी नियन्त्रण गर्न नसकेको भन्दै प्रधानमन्त्री स्कट मारिसनको सर्वत्र आलोचना भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्टर्न युनियनद्वारा विजेताको नाम सार्वजनिक, शबानाले जितिन् १ लाख

काठमाडौँ । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले सञ्चालन गरेको आफ्नो नयाँ वर्ष लक्षित “नगदमा …

प्रतिकृया दिनुहॊस