सिन्धुपाल्चोकमा बस दुर्घटना : १२ जनाकाे मृत्यु

सिन्धुपाल्चोक । दोलखाको कालिन्चोकबाट भक्तपुरको लागि छुटेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाकाे ६ किलोमा बिहान बस पल्टिँदा १२ जनाको मृत्यु भएको र १८ जना घाइते भएको सिन्धुपाल्चोकका डीएसपी मोहन थापाले जानकारी दिए ।

उनका अनुसार कालिञ्चाेक मन्दिर दर्शनका लागि रिजर्भ गरेर फर्किएको बा ४ ख ४४६८ नम्बरको बस सडकबाट पल्टिएर दुर्घटना भएको हो । दुर्घटनाकाे विस्तृत विवरण आउन बाँकी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस