सिन्धुपाल्चोकमा बस दुर्घटना : १२ जनाकाे मृत्यु

सिन्धुपाल्चोक । दोलखाको कालिन्चोकबाट भक्तपुरको लागि छुटेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाकाे ६ किलोमा बिहान बस पल्टिँदा १२ जनाको मृत्यु भएको र १८ जना घाइते भएको सिन्धुपाल्चोकका डीएसपी मोहन थापाले जानकारी दिए ।

उनका अनुसार कालिञ्चाेक मन्दिर दर्शनका लागि रिजर्भ गरेर फर्किएको बा ४ ख ४४६८ नम्बरको बस सडकबाट पल्टिएर दुर्घटना भएको हो । दुर्घटनाकाे विस्तृत विवरण आउन बाँकी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री