चौथौँ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प १९–२१ मंसिरमा हुने

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेडिङ्ग प्रा.लि ले ग्राहकलाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने कार्यलाई निरन्तरता दिनका लागि यही १९ देखि २१ मंसिरसम्म चौथौँ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प २०१९ को आयोजना गर्दैछ ।
ग्राहकसम्म पुग्ने यो तीन दिने क्याम्प नेपालभर रहेका सिप्रदीका ५३ वटा सर्भिस वर्कशपहरूमा आयोजना हुँदैछ ।
यो सर्भिस क्याम्पमा टाटा मोटर्सका कमर्सियल गाडीहरूका ग्राहकहरूले निःशुल्क गाडीको अवस्थाको जाँच, विशेष योजनाका साथै अन्य सेवाहरू प्राप्त गर्नेछन् ।
तीन दिने सर्भिस क्याम्पमा टाटा जेन्युइन स्पेयर पार्टहरू, म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्रीमा आकर्षक डिस्काउन्टहरू सार्वजनिक गरिनेछ ।
 सिप्रदीले आफ्नो सामाजिक उत्तरदायित्वको हिस्साअन्तर्गत निःशुल्क स्वास्थ्य जाँच तथा निःशुल्क आँखा जाँचको पनि आयोजना गर्दैछ ।
यसका साथै सिप्रदीले आफूलाई सहयोग र्पुयाउनुभएका आफ्ना ग्राहकहरूलाई विभिन्न विधाअन्तर्गत सम्मान पनि गर्दैछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस