सल्यानमा जीप दुर्घटना, २ को मृत्यु

सल्यान। सल्यानमा जिप दुर्घटना हुँदा दुईजनाको मुत्यु भएको छ।  छ भने ७ जना घाईते भएको प्रहरीले जनाएको छ । जीप त्रिबेणीबाट दाङ तुलसीपुरतर्फ जाँदै गरेको रा १ झ ४३२ नम्बरको जीप त्रिवेणी गाउँपालिका फलावाङ्गमा जिप दुर्घटना भएको  थियो ।

मृत्यु हुनेमा  त्रिवेणी गाउँपालिका ४ का ६० वर्षीया कृष्णादेवी परियार र सोही ठाउँ निवासी ५९ वर्षीया यगी थापा रहेको प्रहरीले जनाएको छ।

घाईते   हुनेहरुमा जीप चालक फलावाङ्ग निवासी २८ वर्षिय सन्दिप परियार, ८ वर्षिया ज्योती रावत, २३ वर्षिया मोति रावत, ५५ वर्षिया सावित्रा खत्री, २२ वर्षिया तारा थापा,२३ वर्षिया रिता रावत, र दाङ तुलसीपुर उपपमहानगरपालिका निवासी २८ वर्षिया दिला बुढा  छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

डढेलोले जनधन ठूलो क्षति गर्दापनि सरकार संवेदनशील देखिएन : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न स्थानमा लागेको डढेलो नियन्त्रण गर्न …

प्रतिकृया दिनुहॊस