सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क ११६.७० प्रतिशतले बढ्याे

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा ३१ करोड ५२ लाख रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लाे वर्षकाे तुलनामा ११६.७० प्रतिशतले बढी हाे । गत आवको पहिलो त्रैमासमा कम्पनीले १५ करोड ३९ लाख रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियाे ।

त्यस्तै, कम्पनीको खुद नाफा ५ करोड १ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा २ करोड ८१ लाख रुपैयाँले बढी हो । गत आवको यस अवधिमा इन्स्योरेन्सले २ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लगानी, कर्जा तथा अन्यबाट कम्पनीले २ करोड ५० लाख ९३ हजार रुपैयाँ लगानी गरेकाे छ । त्यस्तै, कम्पनीले बीमालेख धितोमा ५ करोड ६२ लाख रुपैयाँ लगानी गरी १७ लाख ५१ हजार रुपैयाँ आम्दानी गरेको छ।

चालु आवको असोज मसान्तसम्ममा कम्पनीले १५ वटा दाबी बापत एक करोड ५ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, ७ दाबी बापत ४४ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कम्पनीले प्रकाशित गरेको प्रथम त्रैमासिक वित्तीय विवरणमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस